बैतडी,
बैतडीको पाटन नगरपालिका वडानं ६ स्थित पाटन भ्याली क्रिकेट क्लबले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिरहेको छ । वडा नं ६ को भगवती आधारभूत विद्यालय सुकेलीबाट विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण कार्यक्रम सुरु गरेको हो ।
सुक्रबार एक कार्यक्रमकाबीच पाटन भयली क्रिकेट क्लबका पदाधीकरीसहितको टोलीले शैक्षिक सामाग्री गरेको हो ।
क्लबका अध्यक्ष सन्तोष जोशी, कोषाध्यक्ष बिरेन्द्र भण्डारी, सहसचिव धिरेन्द्र चन्दसहितको टोलीले आर्थिक अवस्था कमजोर भएका परिवारका विद्यार्थीहरु, टुहुरा, असहाय, गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई झोलासहितका शैक्षिक सामागी वितरण गरेका हुन् ।
पाटन नगरपालिकाका अन्य विद्यालयहरुबाट पनि लक्षित वर्गका विद्यार्थीहरु छनौटगरी शैक्षिक सामाग्री वितरण गर्ने कार्यक्रम रहेको क्लबका अध्यक्ष सन्तोष जोशीले जानकारी दिएका छन् ।
पाटन भ्याली क्रिकेट क्लबले खेलकुदका कार्यक्रममा मात्रै नभई शैक्षिक तथा सामाजीक कार्यक्रम पनि आयोजना गर्ने गरेको छ ।

पाटन भ्याली क्रिकेट क्लबद्वारा शैक्षिक सामाग्री वितरण कार्यक्रम सुरु



प्रतिक्रिया जनाउनुहाेस्



















