बैतडी: बैतडीको पुर्चाैडी नगरपालिकाको आगामी आर्थिक वर्षको नीती तथा कार्यक्रम पारित भएको छ ।
मंगलबार १७ औँ नगरसभा अधिवेशनबाट आर्थीक वर्ष २०८२/०८३ को नीती तथा कार्यक्रम पारित भएको नगरपालिकाका सूचना अधिकारी प्रविन धानुकले जानकारी दिए । नगरप्रमुख दीपक बहादुर बमले पेश गरेको नीती तथा कार्यक्रम नगरसभाबाट पारित भएको उनले बताए ।
आगामी आर्थिक वर्षका लागि कृषि, शिक्षा, स्वास्थ्य लगायतका कुराहरुलाई प्राथमिकतामा राखेको नगरपालिकाले जनाएको छ । यस्तै नगरप्रवक्ता धीरेन्द्र बहादुर बमले ६४ करोड १२ लाख बराबरको अनुमानित बजेट नगरसभामा पेश गरेका छन् । उपप्रमुख मीना धानुकको अनुमतिमा नगरप्रवक्ता बमले नगरसभामा आगामी आर्थिक वर्षको बजेट पेश गरेका हुन् ।
संघिय राजस्व बाँडफाँड तर्फ ११ करोड ६४ लाख, प्रदेश राजस्व बाँडफाँड ३५ लाख १३ हजार, संघिय बित्तीय समानिकरण ११ करोड ६८ लाख, बित्तीय प्रदेश समानिकरण १ करोड ९० लाख, आन्तरिक स्रोत ३० लाखआम्दानी हुने अनुमान गरिएको छ ।
यस्तै, संघिय शसर्त अनुदान (चालू) करोड ३२ करोड ७१लाख, पूँजीगत तर्फ १ करोड, प्रदेश सशर्त अनुदान पुजीगत ९० लाख, संघिय बिशेष अनुदान पुजीगत ६६ लाख, संघिय समपुरक अनुदान १ करोड २२ लाख, प्रदेश बिशेष अनुदान ७५ लाख, प्रदेश समपुरक अनुदान १ करोड ८२ लाख र सामाजिक सुरक्षा भत्ता १८ लाखको आम्दानी हुने अनुमान गरिएको छ ।





















