अज्ञात समूहले नेकपा (माओवादी केन्द्र) बैतडीको पार्टी कार्यालयमा आगजनी गरेको छ । शनिवार साँझ साढे पाँच बजेको समयमा अज्ञात समूहले पार्टी कार्यालयमा आगजानी गरेको माओवादी केन्द्रले जनाएको छ ।
पार्टी कार्यालयको मुख्य कार्यालयमा गरेको आगजनीले मुख्य कागजाता तथा फर्निचरका सबै सामानहरु पूर्णरुपमा जलेर नष्ट भएको माओवादी केन्द्रका प्रदेस कमिटि सदस्य धर्म सिंह ऐरले जानकारी दिए ।
करिब साढे ५ बजेको समयमा आगजनी भएको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय बैतडीको प्रहरी टोली खटिएर आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रबक्ता बलदेव बडूले जानकारी दिए ।
आगजनीका कारण कार्यालयका सम्पूर्ण सरसामान तथा कागजातहरु नष्ट भएको र क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया जनाउनुहाेस्





















