बैतडीमा व्यक्तिगत लगानीमा लिफ्टिङ् खानेपानी योजना निर्माण 

Image

बैतडीः बैतडीमा व्यक्तिगत लगानीमा लिफ्टिङ् खानेपानी योजनाको निर्माण गरिएको छ । यहाँको पाटन नगरपालिका –६ तिल्कुडाका स्थानीय उद्धवराज र कैलाश पन्तले निजी लगानीमा खानेपानी योजनाको निर्माण गरेका हुन् । 

झन्डै ४ लाखको व्यक्तिगत लगानीमा लिफ्टिङ् खानेपानी योजना निर्माण गरिएको उद्धवराजले जानकारी दिए । “चार र दुई हजार लिटर क्षमताका दुईओटा ट्याङ्की निर्माण गरेका छौ।” उनले भने, “निजी लगानीमा गरे के हुँदैन भन्ने सन्देश दिन पनि हामीले खानेपानी योजना निर्माण गरेका हौँ ।” 

पम्प, बत्ती, पाइपलाइन जडान, ट्याङ्की निर्माण लगायतमा झन्डै चार लाख जति खर्च भएको बताइएको छ । ३५० मिटरको दूरीमा रहेको  मुहानबाट पानी तानिएको अर्का स्थानीय कैलाश पन्तले बताए । 

होटल व्यवसाय समेत गर्दै आएका पन्त दाजुभाइले व्यक्तिगत लगानीमा खानेपानी योजना निर्माण गरि पानी अभाव भएका अन्य घर परिवारहरूलाई दैनिक पाँच सय लिटर पानी निःशुल्क वितरण गरिरहेको समेत बताएका छन् । हरेक कामका लागि सरकारकै मुख ताक्ने बानी राम्रो नभएको भन्ने सन्देश दिन खोजेको उनीहरूले बताएका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्