विश्व दूध दिवसको अवसरमा बैतडीमा किसानहरुसंग अन्तरक्रिया

Image

बैतडी: बैतडीमा पनि २५ औँ विश्व दूध दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । आइतबार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनले जिल्लाको खोड्पेमा पशुपालन गर्दै आएका किसानहरुसंग अन्तरक्रिया गरेको हो ।

“दूधको खपत बढाउ, अर्थतन्त्रलाई सबल बनाउ” भन्ने नारासहित किसानहरु संग अन्तरक्रिया गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनका प्रमुख गुमानी पन्तले बताए ।
दूध उत्पादनमा वृद्धि संगै, किसानहरुलाई पशुपालन तर्फ आर्कषित गर्न र यसमा देखीएका चुनौतिका बिषयमा किसानहरुसंग भएको उनले जानकारी दिए ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै पाटन नगरपालिका ८ का किसान भरत चन्दले खोड्पे बजारमा दैनिक ७५ लिटर सम्म दूध खपत हुने गरेको भएपनि बजार सम्म पुर्याउन किसानहरुलाई समस्या हुने गरको बताए । “किसानहरुलाई दूध बजार सम्म पुर्याउन समस्या छ” उनले भने “डेरीको व्यवस्था गर्न सके सबैलाई सहज हुन्थ्यो ।”

यस्तै कार्यक्रममा बोल्ने अधिकांश किसानहरुले पशुपन्छीमा देखीने विभिन्न रोग संक्रमणले गर्दा दूधको उत्पादनमा कमी आउने गरेको बताएका थिए । आवश्यक औषधी र पशु चिकित्सकको समेत व्यवस्थापन गर्न उनीहरुले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसंग माग गरेका थिए ।

यस्तै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले किसानलाई पुशहरुको जुकाको औषधी र मिनिरल ब्लक समेत वितरण गरेको छ ।
यसैगरी कार्यक्रममा बोल्दै पाटन नगरपालिका ८ का वडाअध्यक्ष हरिष बिष्टले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्दमार्फत सञ्चालन हुने अनुदान लगायतका कार्यक्रमहरु वास्तविक किसानहरु सम्म पुग्नुपर्ने बताए । अनुदान वितरण गर्दा वास्तविकलाई छनोट गर्ने र त्यसपछि नियमीत अुनगमन गरि अनुदानअनुसारको काम भए नभएको अनुगमन गरे भुक्तानी दिनुपर्नेमा उनले जोड दिए ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनका प्रमुख गुमानी पन्तको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि पाटन नगरपालिका–८ का वडाअध्यक्ष हरिष बिष्ट रहनुभएको थियो ।

प्रतिक्रिया जनाउनुहाेस्