बैतडी: भीरबाट लडेर बैतडीमा एक वृद्धाको मृत्यु भएको छ । घरनजिकैको जंगलमा घास काटन् गएकी दशरथचन्द नगरपालिका–६ टाककी ७० बर्षीया धनपती नाथको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताए ।
शनिबार दिउँसो १२ बजे भीरबाट लडेर २ सय मिटर तल खसेर गम्भीर घाइते भएकी नाथको जिल्ला अस्पताल बैतडीमा उपचारका क्रममा दिउँसो ३ बजेर १० मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक नाथको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको र घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बडूले बताए ।
प्रतिक्रिया जनाउनुहाेस्





















