टिप्परको ठक्करबाट बैतडीको पाटन नगरपालिकाका कार्यालय सहयोगी बिष्टको मृत्यु, आइतबार शोक बिदा

Image

बैतडी: बैतडीको पाटन नगरापालिकामा कार्यरत कार्यालय सहयोगी मन्धिर सिंह बिष्टको टिप्परको ठक्कर दिँदा मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१३, राजपुर चोकस्थित सडकमा सुदूरपश्चिम प्रदेश ०१००१– त २६४५ नम्बरको टिप्परले शुक्रबार ठक्कर दिँदा ५३ बर्षीय बिष्टको मृत्यु भएको हो ।

पाटन नगरपालिका –६ घर भएका बिष्टलाई सडकमा बाटो क्रस गर्ने क्रममा टिप्परले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

यसैबीच पाटन नगरपालिकाले आइतबार शोक बिदा दिएको छ । नगरपालिकामा कार्यालय सहयोगी पदमा कार्यरत बिष्टको निधनले नगरपालिकालाई अपूरणीय क्षति भएको नगरपालिकाले जनाएको छ । आइतबार नगरपालिका मातहतका सबै सरकारी कार्यालयहरुमा शोक बिदा दिइएको नगर प्रमुख गौरीसिंह रावलले बताए ।

प्रतिक्रिया जनाउनुहाेस्