दनपाको नगर बस सेवा बिहीबारदेखि सन्चालनमा आउने (भाडादर र बस छुट्ने समय तालिकासहित)

Image

बैतडीको दशरथचन्द नगरपालिकाले बिहीबारदेखि नगर बस सेवा सञ्चालनमा ल्याउने भएकाे छ।  कानुनी प्रक्रिया पूरा गरेर भोलि अर्थात् जेठ १ गतेदेखि नगर बस सेवा सञ्चालनमा ल्याइने दशरथचन्द नगरपालिकाका सूचना अधिकारी राजेन्द्र बिष्टले बताए ।

नगर बस सतबाँझ-गाेठलापानी- झुलाघाटसम्म सञ्चालन हुनेछ। नगर बस सञ्चालनका लागि भाडादर समेत तय गरिएको उनले जानकारी दिए ।

दशरथचन्द नगरपालिकाले बाेलपत्र आह्वान गरेर २०८१ चैतमा काठमाडौंकाे सिपर्दी टेडिङ प्रालिले टेन्डरमार्फत ४३ लाख ९८ हजार २२९ रूपैंयामा उक्त बस खरिद गरेकाे थियोे।

प्रतिक्रिया जनाउनुहाेस्