बैतडीका दुईवटा विद्यालय प्रदेश सरकारको नमुना विकास कार्यक्रममा समेटिएका छन् । जिल्लाको सुर्नया गाउँपालिका स्थित वासुदेव मावि र दशरथचन्द नगरपालिका स्थित बिरेन्द्र मावि साहिलेक नमूना विकास कार्यक्रममा छनौट भएका हुन् ।
एक निर्वाचन क्षेत्रमा एक नमुना विद्यालय कार्यक्रम अन्तरगत यहाँका दुई वटा विद्यालय पनि छनौट भएका हुन् । यी विद्यालयहरुमा नमुना विकास कार्यक्रम अन्तरगतका भौतिक संरचना, कक्षा कोठा व्यवस्थापन, आइसीटी ल्याब, छात्रवास लगायतका कार्यक्रम कार्यान्वयन हुनेछन् ।
सामाजिक विकास मन्त्रीको अध्यक्षतामा बिहीबार बसेको बैठकले नमूना विद्यालय विकासका बैतडीका दुईसहित सुदूरपश्चिमका ३२ ओटा विद्यालय छनौट गरेको हो ।
छनौट भएका विद्यालयहरुले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक हुनु अघि गुरुयोजना पेश गर्न आग्रह गरिएको छ ।
छनौट भएका विद्यालयहरुले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक हुनु अघि गुरुयोजना पेश गर्न आग्रह गरिएको छ ।
प्रतिक्रिया जनाउनुहाेस्





















