धनगढी: दार्चुलामा प्रधानाध्यापकलाई आत्महत्या गर्न बाध्य पारेको(आत्महत्या दुरुत्साहन) आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।
व्यास गाउँपालिका–४ को सम्पाल माध्यमिक विद्यालय सुन्सेराका प्रधानाध्यापक बलदेवसिंह धामीले विद्यालयमै झुन्डिएर आत्महत्या गरेको घटनामा आठ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई आत्महत्या दुरूत्साहन मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक(डीआईजी) ओमबहादुर रानाले बताए ।
प्रधानाध्यापक धामीले सोमबार सामाजिक सञ्जाल फेसबुकमा सुसाइड नोट लेख्दै विद्यालयमै आत्महत्या गरेका थिए ।
धामीले आफूलाई मर्न बाध्य बनाउनेहरू भन्दै सुसाइड नोटमा पोलेका व्यक्तिहरूलाई नै प्रहरी पक्राउ गरेको छ ।
प्रतिक्रिया जनाउनुहाेस्




















