बैतडीको पुर्चाैडी नगरपालिकाद्वारा खेलाडीहरुलाई नगदसहित सम्मान

Image

बैतडीः बैतडीको पुर्चौडी नगरपालिकाले खेलाडीहरुलाई नगदसहित सम्मान गरेको छ ।

१६ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी ६८ जना खेलाडीहरुलाई नगदसहित सम्मान गरिएको नगरप्रमुख दीपकबहादुर बमले जानकारी दिनुभयो ।

प्रतियोगितामा स्वर्ण प्राप्त गर्ने खेलाडीलाई जनही दुई हजार पाँच सय, रजत प्राप्त गर्ने २१ जनालाई दुई हजार र काश्य पदक प्राप्त गर्ने खेलाडीलाई एक हजार पाँच सय नगदसहित सम्मान गरिएको उहाँले जानकारी दिनुभयो ।

खेलाडीहरुको मनोवल बढाउन बिहीबार नगरपालिकाले प्रोत्साहन स्वरुप खेलाडीहरुलाई नगदसहित सम्मान गरिएको नगरप्रमुख बमले बताउनुभयो ।

दशरथचन्द नगरपालिका–२ देहीमाण्डौँस्थित निङ्गलाशैनी खेलमैदानमा भएको १६ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड  प्रतियोगितामा १२ स्वर्ण, ९ रजत र ७ काश्य गरि २८ पदकसहित पुर्चौडीले लगातार दोश्रोपटक उपाधि जितेको थियो।

प्रतिक्रिया जनाउनुहाेस्