बैतडीमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा ७१ हजार मत खसेको छ । निर्वाचन कार्यालय बैतडीका अनुसार ४०हजार ५७२ महिला, ३२ हजार ५७५ पुरुष र १ अन्यगरी ७३ हजार १४८ मत खसेको हो ।
जिल्लामा १,५६,३७२ मतदाता रहेका छन् ।यो जिल्लाको कुल मतदाताको ४६.७८ प्रतिशत हो ।
मत हाल्नेमा पुरुषको तुलनामा महिला बढी छन् । वि.स. २०७९ मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ५२.१९ प्रतिशत अर्थात ७८ हजार ३६९ मत खसेको थियो ।सबै मतदान केन्द्रमा सान्तिपूर्ण तवरले मतदान भएको निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।
अब २१५ वटै मतदान केन्द्रबाट मतपेटिका कडा सुरक्षा व्यवस्थासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा स्थापना गरिएको मतगणना स्थलमा ल्याइनेछ । त्यसपछि भोलि सर्वदलीय बैठक बसेर मतगणना कार्य सुरु गरिने निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालले जानकारी दिनुभयो ।
११ जना उम्मेदवार
बैतडीमा एक स्वतन्त्रसहित ११ जनाको उम्मेदवारी कायम छ ।
नेकपा एमालेका दामोदर भण्डारी, नेपाली कांग्रेसका नेपाल क्रिकेट संघका अध्यक्षसमेत रहेका चतुरबहादुर चन्द, नेपाली कम्युनिस्ट पार्टीबाट प्रमानन्द भट्ट, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरिमोहन भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भुपेनबहादुर चन्द, जनता समावदी पार्टी नेपालबाट आनसिंह भण्डारी, श्रम संस्कृती पार्टीबाट गजेन्द्रराज पाण्डेय, नेपाल मजदुर किसान पार्टीबाट नवराज कोइराला, नेपाल कम्युनिस्ट पार्टी माओवादीबाट रामबहादुर कुँवर, आम जनता पार्टीबाट बिसनसिंह बोहरा र स्वतन्त्र उम्मेदवार जयप्रकाश पन्तको उम्मेदवारी कायम रहेको छ ।





















