“जय नेपाल वडाअध्यक्ष कप” क्रिकेट प्रतियोगिताको उपाधि आदर्श युवा क्लबले हात पार्याे

Image

बझाङ: दोस्रो संस्करणको जय नेपाल वडाअध्यक्ष कप क्रिकेट प्रतियोगिताको उपाधि आदर्श युवा क्लवले हात पारेको छ । सुनकुडा माविको खेल मैदानमा बुधबार भएको फाइनल खेलमा बित्थडचिर—२ लाई रनले हराउँदै उपाधि हात पारेको हो ।

आदर्शले ६१ हजार १६१ रुपैँया नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्याे भने बित्थडचिर–२ उपविजेता बन्दै ३१ हजार १३१ रुपैँया नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्याे ।

टस हारेर पछिला ब्याटिङ्को निम्तो पाएको आदर्शले निर्धारित १२ ओभरमा १०४ रन जोड्यो । उसका लागि मुकेश बोहराले सर्वाधिक ३४ रन जोडे । बित्थडचिर–२ का अनिल बोहराले ३ विकेट हात पारे ।

जवाफी ब्याटिङ उत्रेको बित्थडचिर–२ सबै विकेट गुमाउँदै ६६ रन जोडे । उसका लागि हेमन्त र रोहित बोहराले १४ र ११ रन बाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् । आदर्शका मुकेश बोहरा म्यान अफ दि म्याच चुनिए ।

यस्तै प्रतियोगितामा ब्याट र बलबाट उत्कृष्ट प्रदर्शन गर्दै आदर्श युवा क्लबका सञ्जय बोहरा(१३० रन र ७ विकेट) म्यान अफ दि सिरिज, सर्वाधिक विकेट लिनेमा बित्थडचिर–२ का टेकेन्द्र बोहरा(७ विकेट), ब्याट्स म्यान अफ दि सिरिज बित्थडचिर–२ कै नविन बोहरा (९९रन) चुनिए ।

यसैगरी उदयमान खेलाडीका रुपमा आयोजक ‘वि’ का नरेश बिष्ट चुनिए ।

बित्थडचिर गाउँपालिका–९ को आयोजनामा यही वैशाख ६ गतेदेखी खुल्ला वडास्तरीय पुरुष क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा १९ टिमको सहभागीता रहेको थियो ।

युवा खेलाडीहरुको उत्पादनका लागि आगामी वर्षहरुमा पनि यस्ता प्रतियोगिताहरु निरन्तरता दिने वडाअध्यक्ष हरिशचन्द्र जोशीले बताउनुभयो ।

प्रतिक्रिया जनाउनुहाेस्