बैतडी: बैतडीमा पुर्चाैडी नगरपालिका–१० महरागाउँमा फैलिएको भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’ भएको पुष्टि भएको छ । जनस्वास्थ्य प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा भाइरल ज्वरो ‘ इन्फ्लुएञ्जा बी’ भएको पुष्टि भएको हो ।
भाइरल ज्वरोका कारण यहि फागुन ११ गते महरागाउँका १३ बर्षीय विनोद महरा र १६ गते १० बर्षीय विकास महरा दाजुभाइको ज्यान गएपछि स्वास्थ्यकर्मीको टोली महरागाउँ पुगेको थियो ।
पुर्चाैडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिनोद कुमार कुवँरका अनुसार १० जनाको थ्रोट स्वाब संकलन गरि परीक्षण गरिएकोमा मौसमी फ्लु ‘इन्फ्लुएञ्जा बी’ भएको पुष्टि भएको हो । यो रोग सामान्य भएतापनि विशेषगरि बालबालिका र वृद्धमा छिटो सर्ने स्वास्थ्य शाखा प्रमुख कुवँरले बताउनुभयो ।
५ वर्षमुनिका बालबालिका, गर्भवति महीला तथा ६५ वर्षमाथीका दम, मुटु मधुमेह दीर्घरोगीले विशेष ख्याल गर्नुपर्ने उहाँले बताउनुभयो ।
महरागाउँका एकैघरका दुई दाजुभाईको मृत्यु हुनुका साथै गाउँमा मौसमी ज्वरो ‘इन्फ्लुएञ्जा बि’ प्रकोप देखिएको थियो । त्यसलगत्तै उक्त क्षेत्रमा स्वास्थ्यकर्मीको टोली खटिएर स्वास्थ्य परीक्षण गर्नुका साथै औषधी वितरण गरेको थियो ।
साबुन पानीले हात धुने, भीभाडबा टाढा बस्ने खोक्दा÷हाछ्युँ मुख थोप्ने लगायत आवश्यक स्वास्थ्य सतर्कता अपनाउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।




















