बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शिवनाथ गाउँपालिका–३ स्थित भित्री सडकखण्डमा गएराती जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा जिप चालक शिवनाथ–२ का २६ वर्षीय केशवसिंह धामी रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो। दुर्घटनामा परेर गम्भीर घाइते भएका चालक धामीको उपचारको लागि डडेल्धुरा लैजादै गर्दा बाटोमै मृत्यु भएको हो।
मृतकको शव परीक्षणका लागि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ। स्थानीय बछलाबाट बचरा तर्फ जाँदै गरेको सुप्रप ०४–०११ ज ००६९ नम्बरको जिप गएराति दुर्घटनामा परेको हो।
जिपमा चालक मात्रै रहेका बुझिएको छ। दुर्घटनाग्रस्त जिप सडकबाट करिब २०० मिटर तल खसेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
प्रतिक्रिया जनाउनुहाेस्





















