बैतडी: प्रतिनिधिसभा सदस्यको लागि बैतडीबाट स्वतन्त्र उम्मेदवार दर्ता गराएका तेज बहादुर चन्दले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । मुख्य निर्वाचन अधिकेतको कार्यालयमा मंगलबार स्वतन्त्र उम्मेदवारी दिएका चन्दले आज शुक्रबार उम्मेदवारी फिर्ता लिएका हुन् ।
यसअघि सामाजिक सञ्जालबाट आफ्नो धारणा राख्दै नेपाली कांग्रेस त्यागेको घोषणा गरेका थिए ।
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य तथा पूर्व महाधिवेशन प्रतिनिधि समेत रहेका तेज बहादुर चन्दले मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।
दलगत राजनीति त्यागेर स्वतन्त्ररुपमा नयाँ राजनीतिक रुपमा अघि बढ्ने बताउदै चन्दले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको बताएका थिए । तर अहिले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन् ।
अब जिल्लामा एक स्वतन्त्रसहित ११ जना उम्मेदवारी कायम भएको छ ।
नेकपा एमालेका दामोदर भण्डारी, नेपाली कांग्रेसका नेपाल क्रिकेट संघका अध्यक्षसमेत रहेका चतुरबहादुर चन्द, नेपाली कम्युनिष्ट पार्टीबाट प्रमानन्द भट्ट, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरिमोहन भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भुपेन बहादुर चन्द, जनता समावदी पार्टी नेपालबाट आन सिह भण्डारी, श्रम सस्कृती पार्टीबाट गजेन्द्र राज पाण्डेय, नेपाल मजदुर किसान पार्टीबाट नबराज कोइराला, नेपाल कम्युनिष्ट पार्टी माओवादीबाट राम बहादुर कुँवर, आम जनता पार्टीबाट बिसन सिह बोहरा र स्वतन्त्र उम्मेदवार जय प्रकास पन्तको उम्मेदवारी कायम रहेको छ ।

बैतडीबाट स्वतन्त्र उम्मेदवार तेज चन्दले उम्मेदवारी फिर्ता लिए



प्रतिक्रिया जनाउनुहाेस्


नयाँ प्रकाशित

















