बैतडीमा ट्याक्टर दुर्घटना अपडेटः चालकको घटनास्थलमै मृत्यु, तीन जना घाइते(परिचयसहित)

Image

बैतडी: बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । धनगढीबाट दार्चुलातर्फ आउँदै गरेको म १ त १०१३ नम्बरको ट्याक्टर आज बिहान करिब ९ः३० बजेको समयमा दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–८ अनारखोलीमा दुर्घटनामा परेको हो।

दुर्घटनामा परेर दार्चुला जिल्लाको महाकाली नगरपालिका–५ गल्फैका अन्दाजी २१ वर्षका चालक करन बुढामगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो ।

ट्याक्टरमा सवार अन्य तीन जना घाइते भएका छन् । कैलालीको टिकापुर नगरपालिका–७ का अन्दाजी ४० वर्षीय सुरज घर्ति मगर र उनका छोरा अन्दाजी १८ वर्षीय सिद्धार्थ घर्ति मगर र टिकापुर –६ का अमित विक घाइते भएका उहाँले बताउनुभयो ।

घाइते तीनै जनालाको डडेल्धुरा अस्पतालमा उपचार भैरहेको छ । घाइते मध्ये सुरजको अवस्था गम्भीर रहेको छ ।

अनियन्त्रित भएर ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको थियो। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्