बैतडी: फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीबाट नेकपा एमालेको तर्फबाट दामोदर भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मङ्गलबार बिहान पौने १२ बजे भण्डारीले उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रतिनिधि सभामा नेकपा एमालेका दामोदर भण्डारीले लगातार तेश्रो जीत हासिल गरेका थिए।भण्डारीले २०७९ मा ३३ हजार ६११ मत ल्याएर वोजयी भएका थिए ।
उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेस र माओवादी केन्द्रबीचको सयुक्त गठबन्धनका नरेन्द्र कुँवरले ३२ हजार ८० मत ल्याए । कुँवरलाई १ हजार ५३१ मतले पछि पार्दै भण्डारीले लगातार तेश्रो पटक जित हात पारेका थिए ।
प्रतिक्रिया जनाउनुहाेस्























