बैतडीसहित सुदूरपश्चिममा आज ‘नरहरि’ पर्व मनाइँदै

Image
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82?

बैतडी: बैतडीसहित सुदूरपश्चिममा आज ‘नरहरि’ पर्व मनाइँदै छ ।

माघे सङ्क्रान्ति लाई सुदूरपश्चिममा नरहरि पर्वका रुपमा मनाउने चलन रहेको छ । पौष मसान्तको राति मिठो मसिनो खाने, माघे सङ्क्रान्तिको बिहानै नुहाई धुवाइ गरी कागलाई खानेकुरा चढाउने परम्पराले गाउँघरलाई सांस्कृतिक रौनकले भरिएको छ।

नरहरी पर्वमा कागलाई मिठा परिकार खुवाउँदा पाप नष्ट हुने धार्मिक मान्यता रहेको स्थानीय संस्कृतिका जानकार पण्डित  हरिदत्त जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार माघ महिना विशेष धार्मिक महिना मानिन्छ, जसमा सदाचार र संयमको महत्व दिइन्छ।

यस अवसरमा चामलको रोटी (माडा), झुनमुने तरुल, सेल रोटी लगायतका परिकार बनाएर खाने चलन छ
पौष मसान्तमा पकाइने सेल रोटीमध्ये सबैभन्दा पहिला पाकेको रोटी कागलाई चढाइने परम्परा रहेको जोशीले बताउनुभयो ।

माघे सङ्क्रान्तिकाे बिहान बालबालिकाहरूले ‘का कौवा का, मेरो रोटी खा’ भन्दै कागलाई बोलाएर खुवाउने दृश्य गाउँ टोलमा देख्न सकिन्छ।

कागलाई खबर आदान प्रदान गर्ने पक्षी तथा यमराजको सन्देशवाहकका रूपमा पूजा गर्ने परम्परा सुदूरपहाडको सांस्कृतिक पहिचान बनेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्