दार्चुलामा एक घरमा आगलागी हुँदा डेढ लाख बराबरको क्षति

Image

दार्चुला: दार्चुलाको लेकम गाउपालिका-५ मैखोली इरखोलीको एक घरमा आगलागी भएको छ । आज बिहान स्थानीय अम्बादत्त जोशी (गणेश) को कच्ची दुई तले घरमा आगलागी हुदा घर जलेर पूर्ण रुपमा नष्ट भएको वडा सदस्य शंकर दत्त जोशीले जानकारी दिनुभयो ।

आगलागी हुँदा एक भैंसी मरेको बताइएको छ। घरभित्रको काठ, अन्नपात जलेर नष्ट भएको उहाँले बताउनुभयो ।

बिहीवार विहान आगलागी भएको सूचना पाएपछि प्रहरी चौकी रातामाटाबाट खटिएको प्रहरी टोलीले घटनास्थलको मुचुल्का तयार गरेको छ । आगलागीबाट एक लाख ५० हजार बढीको क्षति भएको बताइएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्