बैतडी,
बैतडीको जिल्लाका लागि प्रभावशाली नेताका रुपमा परिचित हरिमोहन भण्डारी राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध भएका छन् । यही पुस १८ गते हुने जिल्ला सम्मेलनमा विधिवत कार्यक्रमकासाथ औपचारिक घोषणा गर्ने तयारी रहेको रास्वपाले जनाएको छ ।
गत आम निर्वाचनमा स्वतन्त्रबाट प्रदेससभा सदस्यका उम्मेदवारका रुपमा रहेका भण्डारी अब रास्वपाबाट नयाँ राजनितिक कोर्षको सुरुवात भएको बताएका छन् । “जिल्ला सम्मेलनबाट पार्टीमा औपचारिकरुपमा भित्रिने तयारी छ, मेरो नयाँ राजनितिक कोर्षको सुरुवात भयो, मेरा सुभचिन्तक सबैको सुझाव सल्लाहका आधारमा यो बाटो तय गरेको हुँ,” भण्डारीले भन्नुभयो ।
यसअघि नेपाली कांग्रेसमा आवद्ध रहेका भण्डारीले २०७९को निर्वाचनमा पार्टीले मूल्याकंन नगरेर टिकट नदिएको भन्दै स्वतन्त्र उम्मेदवारी दिएका थिए । त्यसबेला पनि राम्रो छाप राख्दै आएका भण्डारीले आसन्न फागुन २१ मा हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्यको टिकट पाउने सम्भावना रहेको तेनाहरु बताउछन् ।






















