बैतडीको आत्मविकास कृषक बहुउद्देश्यीय सहकारी संस्थाको २० औँ साधारणसभा सम्पन्न भएको छ । पाटन नगरपालिका वडा नं ८ को खोड्पेमा नयाँ समिति गठन गर्दै साधारणसभा सम्पन्न भएको हो ।
शनिबार सम्पन्न साधारणसभाले शेर सिंह बिष्टको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
बसन्त बिष्टको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति गठन गरिएको छ । यसैगरी ३ सदस्यीय शिक्षा समिति र ७ सदस्यीय सल्लाहकार समिति गठन गरिएको हो ।
लामो समयदेखि पाटन नगरपालिका ८,९ र १० मा कृषिजन्य कार्यक्रममा कृषक तथा समूहहरुलाई सहयोग गर्दै आएको संस्था बीचमा तठस्थ रहदै आएको थियो । शनिबारको साधारणसभाबाट चयन गरिएको समितिलाई थप क्रियाशील बनाई कृषिमा व्यापक कार्यक्रम सञ्चालन गर्ने गराउने विषयमा समजदारी पनि भएको साधारण सभामा सहयभागि वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले जानकारी दिनुभयो ।
“एक समयमा निकै सक्रिय र प्रभावकारी बन्दै गएको यो वशुदेश्यि सहकारी संस्थालाई उजागर गर्ने समजदारी भएको छ, यसलाई थप प्रभावकारी बनाउछौँ, कृषिमा उत्पादन र बजारीकरणमा सहयोग गर्नेगरी संस्था चलायमान हुन्छ,” अध्यक्ष बिष्टले भन्नुभयो ।
संस्थाका निवर्तमान अध्यक्ष जगदीश सिंह बिष्टको अध्यक्षतामा आयोजना गरिएको साधारण सभामा पाटन नगरपालिकाका सामाजिक विकास समियत संयोजक एवं वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्ट, जिल्ला समन्वय समितिका सदस्य प्रेम सिंह भाट लगायत संस्थामा आवद्ध प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
यसैगरी यस आत्मविकास कृषक बहुउद्देश्यीय सहकारी संस्था र सिद्धेश्वर बचत तथा ऋण सहकारी संस्थालाई समायोजन गर्नेगरी गृहकार्य भइरहेको पनि बताइएको छ ।

बैतडीको आत्मविकास सहकारीको २०औँ साधारणसभा सम्पन्न, पुनः सक्रिय बनाइने



प्रतिक्रिया जनाउनुहाेस्


नयाँ प्रकाशित















