बैतडीका हल गोरु पालन गर्ने कृषकले पाँचहजार प्रोत्साहन रकम पाउने

Image

बैतडी: बैतडीका हल गोरु पाल्ने कृषकले प्रोत्साहन रकम पाउने भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारको ‘हल गोरु पालन गर्ने कृषकलाई प्रोत्साहन कार्यक्रम’ अन्तर्गत प्रोत्साहन रकम पाउने भएका हुन् ।

यहाँको सिगास, पञ्चेश्वर, शिवनाथ र डिलाशैनी गाउँपालिका यस कार्यक्रममा लागि छनोट भएका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटन बैतडीका निमित्त कार्यालय प्रमुख गुमानीदत्त पन्तले जानकारी दिनुभयो ।

चार स्थानीय तहका दुर्गम वडामा बस्ने नियमीत हलगोरु पाल्ने कृषकलाई पाँच हजार दिइने उहाँले बताउनुभयो । हल गोरु पाल्ने प्रचलन हराउँदै जान थालेपछि उनीहरुको संरक्षण र प्रवर्धनका लागि प्रोत्साहन रकम उलब्ध गराइने भएको पन्तको भनाई छ।

हल गोरु पालन गर्ने कृषक प्रोसाहनका लागि प्रदेश सरकारबाट १० लाख रकम आएको छ । एक पालिकाबाट ५० जना हल गोरु पालन गर्ने कृषक प्रोत्साहन कार्यक्रमका लागि छनोट हुने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । हल गोरु पालन गर्दै आएका कृषकले पालिकाको पशु सेवा शाखामा निवेदन दिनुपर्ने पन्तले बताउनुभयो ।

प्रतिक्रिया जनाउनुहाेस्