बैतडीबाट चरेश मुद्दाका फरार प्रतिवादी धानुक पक्राउ

Image

बैतडीबाट चरेश मुद्दाका फरार एक जना पक्राउ परेका छन् । जिल्लाको पुर्चौंडी नगरपालिका ४ का जयबहादुर धानुक पक्राउ परेका हुन् ।

बिहीबार उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताए ।

जिल्ला अदालत दार्चुलाको २०८१ असार ५ गतेको फैसला अनुसार धानुकलाई लागु औषध चरेश मुद्दामा १ बर्ष ८ महिना २२ दिन कैद सजाय र १५ हजार रुपैयाँ जरीवाना तोकिएको थियो ।

धानुकलाई डडेल्धुरा कारागार चलान गरिएको प्रहरी निरीक्षक बडूले बताए ।

प्रतिक्रिया जनाउनुहाेस्