भीरबाट लडेर बैतडीको सुर्नयामा एक महिलाको मृत्यु

Image

बैतडीको सुर्नयामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । सुर्नया गाउँपालिका -८ सेलाकी ३१ बर्षीया पार्वती साउँदको भीरबाट लडेर बुधबार मृत्यु भएको हो ।

घर नजिकै बाख्रा चराउन गएकी पार्वतीको भीरबाट लडेर घटनास्थलमै ज्यान गएको उनका दाजु हरिसिंह महराले बताए । बुधबार दिउँसो ३ बजेतिर भीरबाट लडेर उनको मृत्यु भएको बताइएको छ ।

मृतक पार्वतीको दुई छोरा रहेका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्