बैतडीको पाटनमा शैक्षिक सामाग्री बैंक स्थापना, गरिब विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरिने

Image

बैतडी: बैतडीको पाटन नगरपालिकामा शैक्षिक सामाग्री बैंक स्थापना गरिएको छ । नगर बाल अधिकार समितिले शैक्षिक सामाग्री बैंक स्थापना गरेको हो ।

मंगलबार बसेको नगर बाल अधिकार समितिले नगरपालिका क्षेत्रभित्रका गरिब, विपन्न, टुहुरा, अपांगता भएका र जेहेन्दार बालकालिकालाई शिक्षाको हक सुनिश्चित गर्न शैक्षिक सामाग्री उपलब्ध गराउनको लागि शैक्षिक सामाग्री बैंक स्थापना गरिएको नगर बाल अधिकार समितिका अध्यक्ष एवं नगर उपप्रमुख कमल सिंह बोहराले जानकारी दिनुभयो ।

आर्थिक अभावका काराण पढाइमा बाधा नपुगोस भनेर यो बैंक स्थापना गरिएको नगर बाल अधिकार समितिका सदस्य शिक्षा शाखा प्रमुख ललित पाण्डेयले जानकारी दिनुभयो ।

यस बैंकमा सहयोगीहरुले कापी, कलम, झोला लगायतका जस्तोसुकै शैक्षिक सामाग्री सहयोग गर्न सक्ने बताइएको छ । बैंकमा जम्मा गरिएका शैक्षिक सामाग्रीहरुलाई आवश्यकताका आधारमा गरिब, विपन्न, टुहुरा, अपांगता भएका र जेहेन्दार बालकालिकालाई उपलब्ध गराइने जनाइएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्