बैतडी,
बैतडीमा नेपका एमालेले कार्तिक २९ गते बृहत जागरण सभाको आयोजना गर्ने भएको छ । आज बसेको जिल्ला कमिटि बैठकले लोकतन्त्रको रक्षाका लागि २९ गते बृहत जागरण सभाको आयोजना गर्ने निर्णय गरेको जिल्ला कमिटि उपाध्यक्ष लोकेन्द्र भण्डारीले जानकारी दिनुभयो ।
जागरण सभाको तयारीका लागि पालिकास्तरीय बैठक गर्ने पनि निर्णय गरिएको छ । यही कार्तिक १६ गतेदेखि दशरथचन्द नगरपालिकाबाट पालिकास्तरीय बैठक सुरु गरिने जिल्ला कमिटि उपाध्यक्ष भण्डारीले बताउनुभयो ।
वर्तमान राजनितिक अवस्थालाई मध्यनजर गर्दै लोकतन्त्रको रक्षाका लागि जागरण सभा गर्न लागिएको नेकपा एमाले बैतडीले जनाएको छ । देशवासीमा सद्भाव जगाउन र संविधानको रक्षाका लागि जागरण सभाको आयोजना गर्न लागिएको जिल्ला अकिटि अध्यक्ष नरेश बिकले जानकारी दिनुभयो ।
जागरण सभा जिल्ला सदरमुकाममा गर्ने तयारी भइरहेको छ ।
प्रतिक्रिया जनाउनुहाेस्




















