बैतडी
बैतडीको पाटनमा भएको भनिएको अनियमितताको विषयमा छानबिन अझै हुन सकेको छैन । जनप्रतिनिधिहरुले नै नियमविपरित काम भएको भन्दै गत आर्थिक वर्षको अन्तिमतिर तालाबन्दी समेत गरेका थिए ।
नगर उपप्रमुख कमल सिंह बोहराको नेतृत्वमा लेखासाखामा तालाबन्दी गरिएको थियो । त्यसपछि लगातार आन्दोलनका कार्यक्रम भएका थिए । नगरपालिकाले पनि जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्र सिंह धामीको संयोजकत्वमा छानबिन समिति बनाउने र साउनभित्रै छानबिन गर्ने सहमती बनेको थियो । तर हालसम्म कुनैपनि ठोस प्रगति भएको छैन । छानबिन समितिले काम समेत सुरु गर्न सकेको छैन ।
देशभर जेनजी समूहको बिद्रोहले अनियमितताका विषय खोजी भइरहेकाबेला पाटनमा अनियमितता भएका विषय सतहमा आएपनि कुनै प्रक्रिया अघि बढेको छैन ।
पाटनमा भएको भनिएका अनियमितताका विषयमा कुनै पनि समुहले चासो दोखएको छैन ।
प्रतिक्रिया जनाउनुहाेस्



















