बैतडी: बैतडीमा अभद्र व्यबहार मुद्धाका दुई जना फरार प्रतिवादी पक्राउ परेको छन् । दशरथचन्द नगरपालिका-११ का ३४ वर्षीय करन कोली र २९ वर्षीय जनक कोलीलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बिहीबार बिहान ११ बजेतिर दुवै जनालई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबत्ता प्रहरी निरीक्षक बलदेब बडुले बताउनुभयो ।
अभद्र व्यबहार मुद्धा सम्बन्धि जिल्ला प्रशासन कार्यालयको २०८१ पौस २३ गतेको फैसलाले जनही १० हजारका दरले जरीवाना तोकेमा जरीवाना नतीरी दुबै जना फरार रहेका थिए ।
आवश्यक फैसला कार्यान्वयनका लागी दुबै जनालाई जिल्ला प्रशासन कार्यालयमा बुझाइसकेको निरीक्षक बडुले जानकारी दिनुभयो ।
प्रतिक्रिया जनाउनुहाेस्





















