बैतडीः बैतडीमा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरिएको छ । मनसुनको समयमा प्राकृतिक विपद्बाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरीले स्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरिएको हो ।
दशरथचन्द नगरपालिका–४ छेलामा बिहीबार अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरिएको छ । बिपद्जन्य घटनामा परेकाहरुको राहात तथा उद्धारका लागि अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरिएको सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका सशस्त्र प्रहरी नायब उपरीक्षक जंगबहादुर कुँवरले जानकारी दिनुभयो ।
अस्थायी मनसुन प्रतिकार्य बेसमा सशस्त्र प्रहरी नायव निरीक्षकको नेतृत्वमा १५ जनाको टोली रहने उहाँले बताउनुभयो ।
बाढी, पहिरो, आगलागी लगायतका विपद्जन्य घटनामा परेका व्यक्तीहरुको उद्धारका लागि तालिम प्राप्त जनशक्ती सहित अस्थायी मनसुन प्रतिकार्य बेश स्थापना गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक कुँवरले जानकारी दिनुभयो ।
“मनसुन सक्रिय हुने समय छ । यो समयमा हुन सक्ने विपद्जन्य घटनामा परेकाहरुको उद्धारका लागि जनशक्ति र आवश्यक सामग्रीसहित चौविसै घण्टा तयारी अवस्था रहन्छ ।” उहाँले भन्नुभयो, “आवश्यक परेको खण्डमा तुरुन्त परिचालन हुन्छ ।”
यस्तै कार्यक्रममा बोल्दै बैतडीका प्रमुख जिल्ला अधिकारी डाक्टर डिजन भट्टराईले विपद् जोखिम न्यूनीकरणका लागि सबै सरोकारवाला निकायबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको बताउनुभयो ।




















