बैतडी,
बैतडीको पञ्चेश्वर गाउँपालिकामा जेनजी समूहका युवाहरुले पालिकालाई ज्ञापनपत्र दिने तयारी थालेका छन् । गाउँपालिकाबाट भएगरेका कार्यक्रमको विवरण माग गर्दै सूचना माग्न युवाहरु गाउँपालिकाको कार्यालयमा उपस्थित भएका छन् । जेनजी समूहको टोलीले पालिकालाई ज्ञापनपत्र दिने तयारी भइरहेकाबेला सुरक्षार्कीको बाक्लो उपस्थिति रहेको छ ।
बिहानैदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टाली गाउँपालिकामा पुगेको हो ।
जेनजी समुहले यसअघि आपसी बैठक बसी पालिकालाई ज्ञापनपत्रसहित खबरदारी गर्ने योजना बनाएका थिए । सोही अनुसार पालिकाका सबै ठाउँहरुबाट युवाहरु पालिकामा आउन लागेको जेनजी प्रतिनिधिहरुले बताएका छन ।

प्रतिक्रिया जनाउनुहाेस्



















