- बैतडी
बैतडीको पुर्चाैडी नगरपालिकाको वडा नं ७ गलिनाथ माविमा समुन्नत पुस्तकालय स्थापना गरिन लागिएको छ । सो विद्यालयमा अध्यायन गरेका पूर्व विदार्थी तथा सामाजिक व्याक्तित्वहरुको सहयोगमा समुन्नत पुस्तकालय स्थापना गरिन लागिएको प्रद्यानाध्यापक दिनेश नागरीले जानकारी दिए ।
यस पुस्तकालयमा सामाजिक रुपान्त्रण, धर्म संस्कृति, न्याय कानुन, राजनितिक लगायत विश्व परिवेश र घटनासँग जोडिएका सबैखालका पुस्तकहरु राखिने योजना रहेको प्रअ नागरीले बताए । मदन पुरस्कार विजेता तथा विश्व प्रशिद्ध लेखहरु पनि यस पुस्तकालयमा राखिने बताइएको छ ।
विद्यालयमा पुस्तकालय स्थापना गरिएपछि आफुलाई पढ्न मन लागेको जस्तोसुकै पुस्तक लगेर पढ्न सक्ने विद्यालयले जनाएको छ । यस क्षेत्रका सबै समूहका व्याक्तिहरुले यहाँबाट आफुलाई पढ्न मन लागेका पुस्तकहरु लग्न सक्ने र पढेर पुस्तकालयमा बुझाउन सक्नेछन् ।
पठन संस्कृतिको विकास, सामाज रुपान्त्रण, सकारात्मक सोचको विकासगरी सकारात्मक सोच राखेर समुन्नत समाज निर्माणमा टेवा पुग्ने विश्वास गरिएको छ ।
यस विद्यालयमा अध्यायन गरेका पूर्व विद्यार्थी, शिक्षक, सामाजिक तथा राजनितिक अगुवा र यस अभियानलाई मन पराएर अघि बढाउन चाहानेहरु जोसुकै जिल्लाबासीले सहयोग गर्न प्रद्यानाध्यापक नागरीले बताए ।
हालसम्म यस पुस्तकालयमा करिब एक सयभन्दा बढी पुस्तकहरु पुगि सकेका छन् । नेपाल सशस्त्र प्रहरीका पूर्व एसएसपी जनक बहादुर बोहराले एक सय पुस्तक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
विभिनन ठाँउहरुबाट सहयोग अभियान पनि सञ्चालन गरिएको छ । पद्मकन्या क्याम्पसका उपप्रध्यापक राजिन पनेरुले पुस्तक संकलनको लागि काठमाण्डौमा अभियान नै चलाउदै आउनु भएको छ ।
पुस्तकालयमा पुस्तक सहयोग गर्नेहरुले विद्यालयका प्रद्यानाध्यापक दिनेश नागरी(९८६०१६१६११ वा ९८१५६०८२८६)लाई सम्पर्क गर्न सकिनेछ ।
प्रतिक्रिया जनाउनुहाेस्



















