बैतडी,
बैतडीको पुर्चाैडी नगरपालिका वडा नं ५ कुवाकोटमा दसैंको दिन भएको घरायसी विवाद सतहमा आएको छ । स्थानीय गणेश कुवँर र उनकै भतिजा पर्ने जिवन कुवरको परिवारबीच भएको झगडाबाट सुरु भएको विवाद जिल्ला प्रहरीसम्म पुगेको छ । यस घटनालले सामाजिक तथा राजनितिसँग पनि जोडिएको छ ।
पूर्व सभासद नरेन्द्र कुवँर बिजयसुन्दर र पुर्चाैडी नगरपालिकाका निवर्तमान नगर प्रमुख रण बहादुर कुवँरको नाम जोडेर सामाजिक सञ्चालमा भ्रम फैलाएको भन्दै माओवादी केन्द्रले भ्र्रमात्मक र कपोकल्पीत कुरा फैलाएको भन्दै विज्ञप्ती जारी गरेको छ । यस घटनामा उहाँहरुको कुनै संलग्नता नरहेको उल्लेख गरिएको छ ।
के भएको थियो दसैको दिन जिवन कुवरको घरमा ?
शिक्षक समेत रहेका जिवन कुवँर घरमै थिए । कन्चनपुर बस्दै आएका उनको परिवार दसैंको लागि कुवाकोट आएका थिए । स्वयं जिवन कुवँरको भनाइ अनुसार गणेश कुवँर जिवनको घरमा गएका थिए । जिवनका काका समेत रहेका गणेश र जिवनबीच विवाद भएको थियो ।
यद्यपी यस विषयमा गणेशले आफुलाई जिवनले बोलाएको हुनाले उनको घरमा गएको बताउदै आएका छन् ।
जिवनको भनाइ अनुसार घरमा आएर आफुलाई थर्काएको, कमिज नै तानेर च्यातेको, १० वर्षका छोरामाथि हातपात गरेको र श्रीमतीमाथि हातपात गरेको आरोप छ । यतिमात्रै होइन गरगहना समेत हराएको जिवनको परिवारको भनाइ छ ।
गणेशका आफन्तका अनुसार जिवनले नै गणेशमाथि कुटपिट गरेको आरोप लगाएका छन् । “गणेश जिवनका काका हुन्, जिवनले आउनुहोस्, बस्नुहोस् भनेर बसाएका हुन्, त्यसपछि केके विषयमा विवाद भएछ, उमेरले ५५ वर्ष कटेका गणेश कुवँर माथि नै कुटपिट भएको हो,” गणेशका आफन्तले भने ।
तर महिलाको छातीमा हातको छापै देखिने खालको घाउ भने देखिएको छ ।
सोही दिन प्रहरीमा उजुरी
आफु र आफ्नो परिवारका सदस्यमाथि कुटपिट भएको भन्दै पुरघाट प्रहरी चौकीमा जिवनले उजुरी दिएका थिए । यस घटनामा देख्दैनदेखिएकाहरुलाई समेत जोडेर उनले प्रहरीमा उजुरी दिए । पुर्व सभासद नरेन्द्र कुवँर र पुर्व नगर प्रमुख रण बहादुर कुवँरले स्थानीय केसव कुवँरलाई मेरो घरमा पठाएर कुटपिट गरेको भन्दै जिवनले उजुरी दिएका थिए ।
त्यस विषयमा छलफल गर्नको लागि पूर्व सभासद समेत रहेका नरेन्द्र कुवँर (विजयसुन्दर), पूर्व नगर प्रमुख रण बहादुर कुवँर, आरोपित भनिएका गणेश कुवँर, स्थानीय शिक्षक समेत रहेका केसव कुवँर, जिवनका दाजु समेत रहेका दिपेन्द्र कुवँरलगायत स्थानीयहरु पुरघाट प्रहरी चौकीमा पुगेका थिए ।
जिवनले पुरघाट प्रहरी चौकीमा आफ्नो छोरा र श्रीमतीलाई हातपात गरेपछि आफुले पनि प्रतिकार गरेको बताएको बताइएको छ । गणेश कुवँरले पनि आफुलाई घरमा बोलाएर कुटपिट गरेको बताएको बुझिएको छ । आफुलाई कसैले नपठाएको तर जिवनले नै बोलाएर घरमा गएको बताएका थिए ।
यस अघटनामा कुनै संलग्नता नहुदाहुदैपनि पुर्व सभासद विजयसुन्दर र पुर्व नगर प्रमुखलाई समेत जोडेपछि पार्टीले समेत ध्यानाकर्षण भएको जनाएको छ ।
त्यहा प्रहरीमा भएको छलफलमा अब आइन्दा कुनै गल्ती नगर्ने भन्दै राजी भएका दुवै मिलोमतो गरेर बाहिरिएका थिए । दुवै पक्षले उपचार खर्च माग गरिरहेकोमा अन्तिममा आ–आफ्नो खर्च व्यहोर्ने र आइन्दा कुनै झगडाजन्य गतिबिधि नगर्ने सहमतीको कागज बनाएर निस्किए ।
प्रहरी चौकीमा घटना मिलोमतो भएको राती जिवन हाटमै आफन्तको घरमा बसेको बताएका छन् ।
आइतबार फेरी घटना किन बल्झियो ?
अघिल्लो राती प्रहरी चौकीमा मिलोमतो हुदा सहभागि नभएकी लक्ष्मीले दोश्रो दिन आइतबार बिहान कञ्चनपुर जानको लागि हाट पुगेको समयमा स्थानीय अर्का शिक्षक केसवसँग विवाद गरेको बुझिएको छ ।
पुर्व नगर प्रमुख कुवँरका भतिजा समेत रहेका केसव पनि अघिल्लो दिन प्रहरी चौकीमा छलफलमा सहभागि थिए । दसैंको दिनको घटनामा समेत कुनै संलग्न नदेखिएका केसवमाथि अकस्मात आक्रमण भएपछि यो घटना पुनः मोडियो ।
“म भाइलाई बसमा बसाउनको लागि हाट गएको हो, एक होटलमा चिया खाइरहेको थिए, त्यही समयमा जिवनको श्रीमती, जिवन र एक अर्का आफन्तले ममाति गालीगलौज गर्दै आक्रमण गरे, त्यो सार्वजनिक भएको भिडियोमा समेत देख्न सकिन्छ, म त्यसपछि लुकेर बसेको थिए” केसवले भने ।
आफुमाथि भएको घटनामाथि छानबिन र दोषीलाई कारवाहीको माग गर्दै प्रहरीमा निवेदन दिनको लागि जिल्ला सदरमुकाम पुगेको केसवले बताएका छन् ।
जिवनले दिए पाटनमा उजुरी, केसवले जिल्लामा दिदै
आफुमाथि भएको घटनामा दोषीरहेकाहरुलाई कारवाहीको माग गर्दै उजुरी दिन बैतडी पुगेका केसवसँगै जिवनले पनि पाटनमा उजुरी दिइसकेका छन् ।
जिवनले प्रहरी चौकी पुरघाटमा मलाई धरपकट र दवावमा राखी सहमती गराएको भन्दै पुर्व सभासद विजयसुन्दर, पुर्व नगर प्रमुख कुवँरसहितको नाममा उजुरी दिएका छन् ।



















