बैतडी,
बैतडी कारागारबाट भागेका केहीकैदीहरु सम्पर्कमा आएका छन् । जिल्ला कारागार बैतडीका प्रमुख धारा भण्डारीका अनुसार भित्रै दुई समुहबीच झडप हुदा तोडफोड भएको र सोही अवस्थामा भागेका केही कैदीहरु सम्पर्कमा आएका हुन् ।
कारागारबाटठ भागेका ५ जना कैदीहरु सम्पर्कमा आएका छन् । कारागारभित्र बस्ने अवस्था आएमा आफुहरु आउन तयार रहेको बताएका छन् ।
यतिमात्रै होइन ३ जना कैदी नभागेर कारागार प्रशासनमा बसेकोपनि कारागार कार्यालय प्रमुख भण्डारीले बताइन् ।
“सजाय काट्नै पर्ने हो, भागेर के गर्ने?” भनेर नभागेको बताएका छन् ।
प्रतिक्रिया जनाउनुहाेस्























