बैतडीको दशरथचन्दमा आइतबार सार्वजनिक बिदा

Image

बैतडी: बैतडीको दशरथचन्द नगरपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ । निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने मेलाको अवसरमा भदौ २२ गते आइतबार नगरपालिका क्षेत्रमा सार्वजनिक बिदा दिएको हो ।

नगर उपप्रमुख कौशिला चन्दद्वारा हस्ताक्षरित सूचनामा आइतबार नगर क्षेत्रभित्रका सबै सरकारी कार्यालय, शिक्षण संस्था, गैरसरकारी संस्था लगायतमा सार्वजनिक बिदा रहेको उल्लेख गरिएको छ ।

निङ्गलाशैनी भगवती मन्दिरमा भाद्र शुक्ल द्वादशीबाट अनन्त चतुर्दशी मेला शुरु भइसकेको छ । उक्त मेला भाद्र शुक्ल पूर्णिमका दिन समापन हुने गर्दछ ।

प्रतिक्रिया जनाउनुहाेस्