पाटनको अनियमितताको विषयमा छानबिन गर्न समन्वय प्रमुखको सयोजकत्वमा छानबिन समिति बन्यो

Image

बैतडी: बैतडीको पाटन नगरपालिकाले छानबिन समिति गठन गर्ने भएको छ । नगरपालिकामा अनियमितता भएको भनिएको विषयमा जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्र सिंह धामीको संयोजकत्वमा छानबिन समिति गठन गर्ने भएको हो ।

आइतबार बसेको कार्यपालिका बैठकले सो विषय छानविन समिति गठन गर्ने निर्णय गरेको नगरप्रमुख गौरीसिंह रावलले जानकारी दिए । धामीको संयोजकत्वमा तत्काल कोष तथा लेखा नियन्त्रक कार्यालयबाट एक जना र एक जना विकासे अड्डाबाट गरि तीन सदस्यीय छानबिन समिति गठन गरिने उनले बताए ।

मुख्यगरी वडा नं ६ मा कासेली घर निर्माणमा काम सम्पन्न नहुदै पुरै भुक्तानी भएको विषयमा छानबिन हुने छ । यसैगरी बिना कागजात भुक्तानी भएको, पूर्वाधारका योजनामा अनियमितता भएको, कर व्यवस्थापन केन्द्र, जनप्रतिनिधीले प्राप्त गरेको सेवासुविधा वाफत गरेको खर्च, इन्धन खर्च, झुटा कागजात पेश गरि भुक्तानी गरिएको, जनप्रतिनिधीहरुले अख्तियारी दुरुपयोग गरेको, उपल्ला बाटुलाको ढुङ्गा खानी सम्भाव्यता अध्ययनमा अनियमितता भएको लगायतका बिषयमा छानविन हुनुपर्ने माग उठ्दै आएको छ ।

उक्त समितिले लगत्तै छानबिन गर्ने बताइएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्