पहिरो खसेपछि अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग सुचारु

Image
बैतडी:जयपृथ्वी राजमार्गमा वर्षाका कारण पहिरो खसेपछि अवरुद्ध बनेको सडक सुचारु भएको छ।

बैतडीको सिगास गाउँपालिका–९ रमिलापूर नजिक गएराति पहिरो खसेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध बनेको सडक १०ः३० बजेदेखि सुचारु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।

अविरल वर्षाका कारण गएराति सडकमाथिबाट पहिरो खसेपछि राजमार्ग अवरुद्ध बनेको थियो। सडक अवरुद्ध बनेपछि बझाङ भित्रिने तथा बाहिरिने सवारीसाधन बिचबाटोमा अलपत्र परेका थिए।

रोकिएका सवारी साधान र यात्रुहरू अहिले आ–आफ्नो गन्तव्यतिर लागेका छन्। सडक डिभिजन कार्यालयको मेसिन प्रयोग गरी अवरुद्ध जयपृथ्वी राजमार्ग सुचारु गरिएको प्रहरी निरीक्षक पाण्डेयले बताए।

वर्षातको समयमा बेलाबेला सडक अवरुद्ध हुँदा यात्रुहरू समस्यामा पर्ने गरेका छन्।

प्रतिक्रिया जनाउनुहाेस्