बैतडीमा एक पुरुष मृत फेला

Image

बैतडी: बैतडीमा एक पुरुष मृत फेला परेका छन् ।जिल्लाको डिलाशैनी गाउँपालिका–३ बगडी घर भएका अन्दाजी ४६ बर्षीय रघुबीर बोहरा मृत फेला परेका हुन् ।

बोहराको शव शनिबार साँझ ६ बजेतिर घर नजिकैको सडक छेउमा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।

मृतकको शव पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्