हावाहुरीले रूख ढलेर बैतडीको पाटन नगरपालिका(१ स्थित सकार स्वास्थ्य चौकी भवनमा क्षति पुर्याएको छ ।
शुक्रबार दिउँसो दुई बजेवर्षासंगैको हावाहुरीले सल्लाको रूख ढलेर भवनमाथी खस्दा भित्र रहेका औषधि उपकरण र कागजातमा क्षति पुर्याएको हो ।
ल्याबका सामानहरू र कागजजातहरूमा क्षति पुर्याएको सकार स्वास्थ्यचौकीका इन्चार्ज नरेन्द्र राज भट्टराईले जानकारी दिनुभयो । लगातार पानीका परेका कारणले औषधि उपकरण र काजगजात गरेर मात्रै साढे तीन लाख बराबरको क्षति भएको उहाँले बताउनुभयो ।
भवनमा पुर्णरूपमा क्षति भएकाले ल्याब सेवा अन्य व्यवस्था नभएसम्म अवरुद्ध हुन सक्ने भट्टराईले जानकारी दिनुभयो ।
प्रतिक्रिया जनाउनुहाेस्





















