बैतडी: बैतडीकाे झुलाघाट नाका शुक्रबार साँझदेखि बन्द हुने भएकाे छ ।
भारतमा हुने स्थानीय निर्वाचनको सुरक्षालाई ध्यानमा राखेर सीमा नाका बन्द हुने बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए । भारतको उत्तराखण्ड प्रदेशमा १२ गते पञ्चायत, क्षेत्र पञ्चायत र जिल्ला पञ्चायतको निर्वाचन हुँदैछ ।
भारतको उत्तराखण्ड प्रदेशमा हुन गइरहेको स्थानीय निर्वाचनको सुरक्षालाई ध्यानमा राखेर साउन ९ गते साँझ ७ बजेदेखि १२ गते साँझसम्म ७२ घण्टा सीमा नाका बन्द हुने जनाइएकाे छ ।
जिल्ला प्रशासन कार्यालय बैतडीले बिहीबार एक सूचना जारी गरेर ९ गते साँझ ७ बजे देखि १२ गते साँझ मतदान प्रकृया पुरा नभए सम्म सीमा नाका बन्द हुने जनाएकाे छ ।

प्रतिक्रिया जनाउनुहाेस्





















