सिद्धेश्वर स्वास्थ्य चौकी पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

Image

बैतडी: बैतडीको पाटन नगरपालिका–८ स्थित सिद्धेश्वर स्वास्थ्य चौकी पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । शनिवार एक औपचारीक कार्यक्रम आयोजना गरि पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको सिद्धेश्वर स्वास्थ्य चौकीका प्रमुख विरबहादुर खातीले जानकारी दिए ।

पोषणमैत्री स्वास्थ्य संस्था कार्यान्वयन निर्देशिका २०७९ बमोजिम तोकिएका मापदण्ड र सुचकहरु पुरा भएपछि पौषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको उनले बताए ।

पोषणमैत्री स्वास्थ्य संस्था घोषणाका १० ओटा अनिवार्य मापदण्ड र १६ ओटा सूचकहरु पूरा भएपछि स्वास्थ्य संस्थालाई पोषणमैत्री घोषणा गर्ने गरिन्छ । पोषणमैत्री स्वास्थ्य संस्था घोषणाका लागि १० ओटा अनिवार्य मापदण्ड पूरा गरेको र १६ ओटा सूचकबाट १५ अंक प्राप्त गरेको हुनुपर्ने पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए ।

यो सगै पाटन नगरपालिकाका तीन ओटा स्वास्थ्य संस्था पोषणमैत्री स्वास्थ्य संस्था घोषणा भएका छन् । पाटन– १ को सकार स्वास्थ्य चौकी र पाटन– ९ को आधारभूत स्वास्थ्य सेवा केन्द्र टकरे यसअघि नै पोषणमैत्री स्वास्थ्य संस्था घोषणा भैसकेका स्वास्थ्य शाखा प्रमुख महराले जानकारी दिए ।

स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडाअध्यक्ष हरिश बिष्टले पोषणमैत्री वडा घोषणाका लागि योजना बनाएर अघि बढ्ने बताए । “अहिले स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्न सफल भएका छौ । आजै देखी वडालाई पनि पोषणमैत्री वडा घोषणाका लागि सबैले एकजुट भएर लाग्नुपर्छ”, उनले भने ।

वडाअध्यक्ष बिष्टको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख गौरी सिंह रावल रहनुभएको थियो । यस्तै विशिष्ट अतिथिमा नगर उपप्रमुख कमलसिंह बोहरा, जिल्ला समन्वय समितिका सदस्य प्रेम सिंह भाट, वडा नम्बर ६ का वडाअध्यक्ष राजेन्द्र बिष्ट, वडा नम्बर ९ का वडाअध्यक्ष कालुसिंह भाट, वडा नम्ब्र १० का वडाअध्यक्ष धनबहादुर कुवँर, स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य निरीक्षक रितेन्द्र बडु रहनुभएको थियो ।

प्रतिक्रिया जनाउनुहाेस्