बैतडीको पाटन नगरपालिका–९ को आधारभुत स्वास्थ्य सेवा केन्द्र टकरेलाई पूर्ण पौषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । पोषणमैत्री स्वास्थ्य संस्था कार्यान्वयन निर्देशिका २०७९ बमोजिम तोकिएका मापदण्ड र सुचकहरु पुरा भएपछि पूर्ण पौषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो ।
बुधबार एक औपचारीक कार्यक्रमको आयोजना गरि उक्त स्वास्थ्य संस्थालाई पूर्ण पौषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए । १० ओटा अनिवार्य मापण्ड र १६ ओटा सुचकहरु पुरा भएकाले पूर्ण पौषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको उनले बताए ।
१० ओटा अनिवार्य मापदण्ड पुरा गरेको अनिर्वाय हुनुपर्ने र १६ सुचकबाट १५ अंक प्राप्त गरेपछि पूर्ण पौषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिन्छ ।
पााटन नगरपालिकामा सकार स्वास्थ्य चौकीपछि आधारभुत स्वास्थ्य सेवा केन्द्र टकरे दोस्रो स्वास्थ्य संस्था रुपमा पूर्ण पौषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो ।
कार्यक्रममा बौल्दै पाटन नगरपालिका ९ का वडाअध्यक्ष कालु सिंह भाटले विभिन्न अभावहरुका बिच पनि स्वास्थ्यले उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताए । भौतिक संरचनाहरु पर्याप्त नभएपनि पूर्ण पौषणमैत्री स्वास्थ्य संस्था घोषणाका मापदण्डहरु पुरा गरेको बताए ।
उनले भने “यहाँ भवनको मात्रै अभाव छैन् । जनशक्तिको पनि उत्तिकै अभाव छ । यद्यपी वडाका १६ ओटा टोलहरुमा स्वास्थ्यकर्मीहरु पुगेर सेवा दिदँै आएका छन् ।”
वडाअध्यक्ष भाटको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पाटन नगरपालिकाका नगरप्रमुख गौरीसिंह रावल, विशिष्ट अतिथिमा नगरउपप्रमुख कमलसिंह बोहरा रहुनभएको थियो । यस्तै जिल्ला समवन्य समिति सदस्य करनसिंह कडायत, सामाजिक विकास समिति संयोजक एवं वडा नम्बर ८ का वडाअध्यक्ष हरिश बिष्ट, वडा नम्बर ६ का वडाअध्यक्ष राजेन्द्र बिष्ट र वडा नम्बर १० का वडाअध्यक्ष धनबहादुर कुवँर लगायतका जनप्रतिनिधीहरुको उपस्थीति रहेको थियो ।





















