शैक्षिक गुणस्तर सुधारका लागि सरोकारवालासंग बैतडीको खोड्पेमा अन्तरक्रिया

Image

बैतडी: शैक्षिक गुणस्तर सुधारका लागि बैतडीको खोड्पेमा अन्तरक्रिया गरिएको छ । पाटन नगरपालिका वडा नम्बर ८ को कार्यालयको आयोजनामा सरोकारवालासंग आइतबार अन्तरक्रिया गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यपक, शिक्षक, विद्यार्थी, जनप्रतिनिधी, युवा तथा महिला संजाल लगायत शिक्षा क्षेत्रसंग सरोकार राख्ने व्यक्तिहरुसंग छलफल गरिएको पाटन नगरपालिका–८ का वडाअध्यक्ष हरिश बिष्टले जानकारी दिए । शिक्षाको गुणस्तर सुधारका लागि सामूहिक प्रयासको आवश्यकता रहेको कार्यक्रममा सहभागीहरुको जोड थियो ।

शिक्षकको क्षमता विकास,पाठ्यक्रम सुधार,विद्यार्थीको सिकाइ परिणाम,सूचना प्रविधिको पहुँच,शैक्षिक पूर्वाधार सुधार,स्रोत र बजेटको प्रभावकारी उपयोग लगायतका विषयमा पाटन नगरपालिकाका शिक्षा शाखाका  साहयक बिर्खराज अवस्थीले प्रशिक्षण गर्नुभयो थियो ।
कार्यक्रममा बोल्दै पाटन नगरपालिका साामाजिक विकास समिति संयोजक एवं वडा नम्बर ८ का वडाअध्यक्ष बिष्टले गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको उल्लेख गर्दै शिक्षामा लगानी गर्न सबै सरोकारवालालाई आग्रह गरे । उनले विद्यार्थीको सिकाइ स्तर सुधारका लागि अभिभावक, शिक्षक र समुदायबीच सशक्त सहकार्य हुनुपर्ने बताए ।

कार्यक्रममा सहभागी अभिभावक तथा शिक्षकहरूले आफ्ना अनुभव बाँड्दै विद्यालयमा नियमित शिक्षकको उपस्थिति, प्राविधिक शिक्षाको प्रवद्र्धन, र विद्यार्थीमैत्री सिकाइ वातावरण निर्माण गर्न आग्रह गरेका थिए।

यस्तै कक्षा ५ को वडास्तरीइ परीक्षामा उत्कृष्ट स्थान हासिल गरेका विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्