बैतडी,
बैतडीमा सिकाइ उपलब्धी न्यून भएका विद्यालयका शिक्षकहरु र सिकाइ उपलब्धी उच्च भएका विद्यालययका शिक्षकहरुबीच अनुभव आदानप्रदान गरिएको छ । शनिवार शिक्षा विकास निर्देशनालयको आयोजनामा जिल्लाको पाटन–९ स्थित ज्ञानेश्वर नमुना माविमा आयोजनामा सिकाइ उपल्ब्धी न्यून भएको सुर्नया–६ स्थित सिगास मावी मुसे र सिकाइ उपलब्धी उच्च भएको ज्ञानेश्वर नमुना माविका शिक्षकहरुबीच अनुभव आदानप्रदान गरिएको हो ।
सिकाइ उपलब्धी न्यून भएको सिगास मावी र सिकाइ उपलन्धी उच्च भएको ज्ञानेश्वर नमुना माविले गत वर्ष आर्जन गरेको सिकाइ उपलब्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । सिगास माविका शिक्षकहरुले ज्ञानेश्वर माविका शिक्षकहरुसँग शैक्षिक क्रियाकलापमा विषयमा चासो राखेका थिए । ज्ञानेश्वर माविका शिक्षकहरुले पनि आफ्नो कार्यअनुभवको विषयमा जानकारी गराएका थिए ।
यस कार्यक्रमले शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण टेवा पुग्ने शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख नरेन्द्र प्रसाद अवस्थीले जानकारी दिए । शिक्षा क्षेत्रका सुधारको लागि सबै जिम्मेवार पक्षको भुमिका महत्वपूर्ण हुने समेत उनले बताए । प्रविधिको विकास तिव्ररुपमा भइरहेको बताउदै इकाई प्रमुख अवस्थीले समयअनुसार शिक्षकहरुले पनि आफुले आफुलाई स्तरवृद्धि गर्दै लैजानुपर्नेमा जोड दिए ।
शिक्षकहरुले पनि पेसाप्रती थप उत्तरदायी बन्नुपर्ने सुर्नयाका शिक्षा साखा प्रमुख टंक प्रसाद अवस्थीले बताए । शैक्षिक गुणस्तर सुधारको लागि विद्यालयको विद्यालयले अध्ययन केन्द्रित वातावरण तयार पार्नुपर्ने पाटन नगरपालिकाका शिक्षा साखा प्रमुख ललित कुमार पाण्डेयले बताए । पाटन नगरपालिकामा श्रोतसाधनको अभाव भएका विद्यालयहरुले पनि राम्रो नतिजा ल्याएको उनको भनाइ छ ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पाटन नगरपालिकाका सामाजिक विकास समिति संयोजक एवं वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले पालिकास्तरबाट शैक्षिक गुणस्तर सुधारको लागि काम गरिरहेको बताए ।
शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्र प्रसाद अवस्थीको सभाध्यक्षता आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथी पाटन नगरपालिकाका सामाजिक समिती सयोजक एवं वडा न ८ का अध्यक्ष हरिश बिष्ट रहेका थिए । अनुभव आदान प्रदान कार्यक्रममा सुर्नया गाउपालिकाका शिक्षा साखा प्रमुख टङ्क प्रसाद अवस्थी, पाटन नगरपालिकाका शिक्षा साखा प्रमुख ललित कुमार पाण्डेय, डडेलधुरा स्थित महेन्द्र नमुना नमुना माविका प्रधानाध्यापक सुरेन्द्र सिंह ऐर, पाटन–२ स्थित सिद्दनाथ माविका प्रधानाध्यापक लक्ष्मण बोहरा, पाटन–८का निवर्तमान वडा अध्यक्ष पृथ्वी राज पन्त लगायत दुबै विधालयका सिक्षकहरुको सहभागिता रहेको थियो ।





















