बैतडी,
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गभर्नर नियुक्तिमा अनेक चलखेल र प्रपञ्च भइरहेको आरोप लगाएका छन् । शुक्रबार बैतडीको पाटनबाट नेकपा माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) केन्द्रित जनतासँग माओवादी जनजागरण अभियानको शुभारम्भ गर्दै अध्यक्ष प्रचण्डले सरकारले गभर्नर नियुक्तीमा चलखेल गरिरहेको आरोप लगाएका हुन् ।
राष्ट्र बैंकको गभर्नर तुरन्तै गर्नुपर्ने भएपनि ढिलाई भइरहेको उनको भनाइ छ ।
“गभर्नर तुरन्तै नियुक्त हुनुपर्ने हो, तर अहिलेसम्म गरिएको छैन, त्यसमा अनेक खालका चलखेल र प्रपञ्च भइरहेका छन्, सरकार गलत दिशातर्फ गइरहेको छ, हालको सरका राष्ट्र र जनताका हितविपरित गइरहेको छ ।
सरकारले भ्रष्टाचारीलाई संरक्षण गर्ने काम गरेको र राम्रा मान्छेहरुलाई अपमान र लाञ्छित गरिरहेको प्रचण्डले बताए । सरकारले जनताको आवाज र जनताको मतलाई दिइरह्यो भने, जनताहरु शक्तीशाली आन्दोलनमा आउनुपर्ने अवस्था आउन सक्ने समेत बताए ।
तराई–पहाड र हिमाललाई एकताबद्ध रुपमा जोड्न र आर्थिक समृद्धमा टेवा पुर्याउनको लागि मध्यपहाडी लोकमार्ग जनजागरण अभियान सुरु गएिको अध्यक्ष प्रचण्डले बताए ।
पहाडका जनतासँग नजिक भएर यहाँका समस्या समाधानको लागि सरकारसँग खबरदारी गरिने प्रचण्डले बताए ।
यसैगरी सुदूरपश्चिमको विकास नभइकन दे शको विकास सम्भव हुन नसक्ने समेत प्रचण्डले बताए ।





















