दार्चुलाको लेकम गाउँपालिकाका शिक्षा अधिकृत ओझाको मृत्यु 

Image

दार्चुलाको लेकम गाउँपालिकाका शिक्षा शाखा प्रमुख केशवराज ओझाको मृत्यु भएको । सोमबार दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ४ गोदालीमा मोटरसाईकल दुर्घटना परी ओझाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लेकम गाउँपालिकाकै वडा नम्बर ५ चौपातामा शैक्षिक कार्यक्रम सम्पन्न गरी घर फर्किने क्रममा माथिबाट खसेको ढुंगा पिठ्युँमा लागेर गम्भीर घाइते भएका शिक्षा अधिकृत ओझाको मृत्यु भएको हो ।

ढुंगा लागेपछि ओझाले चलाएको मोटरसाइकल समेत दुर्घटना भएको थियो ।

प्रतिक्रिया जनाउनुहाेस्