शनिवार बैतडी पाटन महोत्सवको अन्तिम दिन, एलिना चौहानलगायतका कलाकारको प्रस्तुती रहने 

Image

बैतडीको पाटनमा जारी बैतडी पाटन महोत्सवमा शनिवार चर्चीत गायिका एलिना चौहान लगायतका कलाकारहरुको प्रस्तुती रहने भएको छ । आयोजक नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष हरि जोसीका अनुसार भोली एलिना चौहान, सेरी औजीलगायतका कलाकारहरुले आफ्नो प्रस्तुती राख्ने छन् ।

भोली नै महोत्सवको समापन कार्यक्रम समेत रहेको छ । २ गतेदेखि सुरु भएको पाटन महोत्सवको भोली नै समापन कार्यक्रम रहेको बताइएको छ ।

यस अवधिमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुले आफ्नो प्रस्तुती राखेका थिए ।

प्रतिक्रिया जनाउनुहाेस्