पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध

Image
बैतडी,२३ भदौ:  बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ ।
सडकमाथिबाट खसेको  पहिरोका कारण  बैतडी- दार्चुला सडकखण्ड अवरुद्ध भएको हो ।
आज बिहान ४ः३० बजे सडकखण्डमाथिबाट ढुङ्गासहितको  पहिरो खसेर सडक अवरुद्ध जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो ।
अहिले जेसिबीले सडकमा खसेको पहिरो हटाउने काम भैरहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया जनाउनुहाेस्