बैतडी: बैतडीमा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरिएको छ । मनसुनको समयमा प्राकृतिक विपद्बबाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरीले स्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरिएको हो ।
पुर्चौडी नगरपालिका–१ हाटमा शुक्रबार अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरिएको छ । बिपद्जन्य घटनामा परेकाहरुको राहात तथा उद्धारका लागि अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरिएको सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका सशस्त्र प्रहरी नायब उपरीक्षक जंगबहादुर कुँवरले जानकारी दिनुभयो ।
अस्थायी मनसुन प्रतिकार्य बेसमा सशस्त्र प्रहरी साहयक नायव निरीक्षक दिनेश आग्रीको नेतृत्वमा १५ जनाको टोली रहने उहाँले बताउनुभयो ।
बाढी, पहिरो, आगलागी लगायतका विपद्जन्य घटनामा परेका व्यक्तीहरुको उद्धारका लागि तालिम प्राप्त जनशक्ती सहित अस्थायी मनसुन प्रतिकार्य बेश स्थापना गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक कुँवरले जानकारी दिनुभयो ।
“मनसुन सक्रिय हुने समय छ । यो समयमा हुन सक्ने विपद्जन्य घटनामा परेकाहरुको उद्धारका लागि जनशक्ति र आवश्यक सामग्रीसहित चौविसै घण्टा तयारी अवस्था रहन्छ ।” उहाँले भन्नुभयो, “आवश्यक परेको खण्डमा तुरुन्त परिचालन हुन्छ ।”
यस्तै यसअघि गत वैशाख १० गते जिल्लाको दशरथचन्द नगरपालिका-४ छेलामा पनि बेस स्थापना गरिएको थियो ।




















