बैतडीको मेलौलीमा इलाका प्रशासन कार्यालय स्थापना

Image

बैतडी: बैतडीको मेलौली नगरपालिकामा इलाका प्रशासन कार्यालयको स्थापना गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्टले एक समारोहका बिच इलाका प्रशासन कार्यालयको उद्घाटन गर्नुभएको हो ।

मेलौलीमा इलाका प्रशासन कार्यालय स्थापना भए सँगै बैतडीका मेलौली नगरपालिका,पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाका पुरै वडा र पाटन नगरपालिकाका केही वडाका नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बैतडीका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईकाले स्थानीय नागरिकहरुलाई छिटो, सहज र पहुँचयोग्य सेवा प्रदान गर्ने उद्देश्यले इलाका प्रशासन कार्यालयको स्थापना गरिएको बताउनुभयो ।

स्थानीयवासी करन सिंह नेगीले नागरिकता र राष्ट्रिय परिचयपत्र बनाउने तथा सच्याउने सामान्य कामका लागि समेत सदरमुकाम पुग्नुपर्दा समय र खर्च दुवै व्यहोर्नुपर्ने बाध्यता रहेको स्मरण गर्दै अब सेवा आफ्नै क्षेत्रमै उपलब्ध हुने भएपछि नागरिकमा खुशी छाएको बताउनुभयो ।

स्थानीय तह नजिकैबाट प्रशासनिक सेवा प्रवाह हुन थालेपछि सेवाग्राहीको पहुँच बढ्नुका साथै सरकारी सेवाप्रतिको विश्वास समेत थप मजबुत बन्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्